‘पुजार सार्की’ रिलिज मिति जेठ १० मा पक्का २ पोस्टर सार्वजनिक

 



काठमाडौँ। आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र पुजार सार्कीआगामी वर्ष २०८१ जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन रिलिज हुने भएको छ  । निर्माण युनिटले दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ चलचित्र रिलिज हुने जानकारी दिए । राउतले भने, “ हामीले नेपालसहित विश्वव्यापी रूपमा एकसाथ चलचित्र रिलिज गर्नुपर्ने र हाम्रो कार्य तालिका अनुसारको उपयुक्त मिति जेठ १० गते नै हुन आएको कारण सो मितिमा चलचित्र रिलिज गर्न लागेको हो ।

सार्वजनिक मध्य एक पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् भने अभिनेताद्वय आर्यन सिग्देल र पल शाह आआफ्नो चरित्रमा छन्। अर्को पोस्टरमा आर्यनलाई भलाद्मी, पललाई नेतृत्वदायी र प्रदीपलाई केही निर्धो भूमिकामा चित्रण गरिएको छ। पोस्टरले यी तीन पात्र साथी रहेको बुझ्न सकिन्छ। चौतारोमा बसी पलले गफ हाँकिरहेका छन् भने आर्यन र प्रदीपले हँसिलो मुद्रामा सुनिरहेका छन् ।

चलचित्रमा अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा छन्। सार्वजनिक दुवै पोस्टरमा अभिनेत्रीहरू भने छैनन्। अभिनेत्रीहरूको पात्र झल्काउने पोस्टर पुनः सार्वजनिक गर्ने निर्देशक राउतले बताए।

मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि चलचित्रमा अभिनय छ।  चलचित्रलाई विकास सुवेदीले लेखेका हुन्। यसअघि विकास र दिनेशले चलचित्र प्रकाशमा सहकार्य गरेका थिए ।


Previous Post Next Post