पहिलो पटक एकै परिवारको अभिनय रहेको आमा तिमी मेरो संसार बोलको भिडियो रिलिज ।

 



नित्याशिवाको स्वर बाबुल गिरीको संगीत राजिव शाहको मास्टर मिक्सिङ र एरेन्ज रहेको आमा तिमी मेरो संसार बोलको गीतको भिडियो राजन श्रेष्ठ अफिसियल च्यानल बाट रिलिज गरिएको छ ।

आमा बाबा लाई बृद्धाआश्रम लगेर छोडने प्रबिती लाई कथामा उतारिएको छ । भिडियोमा गायिका नित्याशिवा, भिडियो सम्पादक ॐ खड्का , सुनिता कोइराला , आमाको भुमिकामा गायिका नित्याशिवाकै आमा माया कटुवाल बैनी सुनिता कोइराला र छोरी दिप्सिका कोइराला, सजिना लामिछाने र भिडियो सम्पादनमा २ दशक काम गरेका अर्जुन पोखरेलको पनि अभिनय रहेको छ । उक्त गीत लाई शंकर अधिकारी घायलले लेखेका हुन भने निर्देशन पनि घायल कै रहेको छ ।





Previous Post Next Post