विराज भट्टले निर्देशन गर्ने फिल्म '१२ गाउँ ' मा न्यान्सी खड्का

 


काठमाडौँ । एक्सन स्टार विराज भट्टले छोरा समीरलाई हिरोको रूपमा डेब्यु गराउन लागेको फिल्म हो १२ गाउँ। फिल्ममा समीरको जोडीको रूपमा न्यान्सी खड्का देखिने भएकी छन ।

विराजले न्यान्सीसँग फिल्म अभिनय विषयमा सम्झौता भएको जानकारी दिए । हामीले स्क्रिप्ट सुनायौँ, उहाँले मन पराउनु भयो । हाम्रो फिल्मको कथाले मागे जस्तो पात्र उहाँमा देखेकोले फिल्मका लागि अनुबन्धित गरेका छौ, विराजले भने ।

न्यान्सी मिस नेपाल इन्टरनेशनल२०२२विजेता हुन् । विराटनगर घर भएकी न्यान्सी व्यावसायिक मोडल समेत हुन् भने उनले आम सञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन् । केही समय अघि जापानमा आयोजित मिस इन्टरनेश्नलमा नेपालको प्रतिनिधित्व गरेकी थिइन ।

सन् २०२४ भित्र रिलिज हुने बताइएको फिल्ममा उच्च स्तरीय एक्सन पस्किने तयारी विराजको छ । नेपाली फिल्ममा एक्सन भूमिकाबाट सुपरस्टार बनेका विराज पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त छिन ।

१२ गाउँआगामी १५ चैत्रबाट छायाङ्कनमा जाने तयारीमा छ । ठुलो बजेटमा निर्माण हुने बताइएको फिल्ममा विराज स्वयम प्रमुख भूमिकामा देखिनेछन् । १२ गाउँलाई   विराज आफैँले निर्देशन गर्न लागेका हुन । सन्तोष सरकारको कथा तथा पटकथामा । '१२ गाउँविराजको होमप्रोडक्सन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ

Previous Post Next Post