काठमाण्डौ । आज शुक्रबारबाट मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनमा आएको छ । यो मितिमा अन्य कुनै फिल्म भिड्न नआएका कारण ‘गोर्खा वारियर’ले एकल प्रदर्शनको अवसर पाएको हो । निर्देशक चाम्स पूर्व बिट्रिश गोर्खा सैनिक हुन् ।
फिल्म प्रतिको मोहले जागिर
छोडेका उनको मनमा गोर्खा सैनिकको कथामा फिल्म बनाउने इच्छा भने थियो । त्यसैले
उनले १० बर्ष लगाएर यो फिल्म बनाएका हुन् ।
फिल्म सन् १९४९ मा
‘मलाया इमरजेन्सी जंगल वार’ मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा
आधारित भएर निर्माण भएको हो । फिल्ममा विजय लामा, रितेश चाम्स, रियर राई,
रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप
गोले, त्रिचु राई, दिग्गज खत्री
लगायतको अभिनय छ । यो फिल्मले करिब ७० वर्ष अगाडिको नेपाली समाजको अवस्थालाई पनि
चित्रण गरेको छ ।
निर्देशक चाम्स र
गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता
वाइवा हुन् । प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा
सुरेश राई सह–निर्माताको रुपमा रहेका छन् । सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द निर्देशन र
मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म निर्माणदेखि प्रदर्शनसम्म ५ करोड माथि खर्च
भएको बताइन्छ । यो लगानी सुरक्षित गर्न फिल्मले घरेलू बक्स अफिसमा १० करोड माथिको
कमाई गर्नुपर्नेछ । तर यो चुनौती छ,’ असम्भव भने होइन ।