नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’को ट्रेलर मा सिमा विवाद



 




काठमाडौँ । नवल खड्का निर्देशित फिल्म काँडेतारको ट्रेलर ओ एस आर डिजिटल यु टुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा सीमा अतिक्रमण र त्यसका लागि नेपाली जाग्नुपर्ने विषय उठाइएको छ ।

सामना फिल्मस् प्रा.लिको प्रस्तुतिमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् । फिल्ममा नवल खड्काको कथा, निर्माण र अभिनय समेत छ । नवल खड्का, गौरव पहारी, सुरबिना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, संजय खतिवडा लगायतका कलाकारको अभिनय रहेको फिल्ममा मक्किको राई, अञ्जु केसी, नाडिया खड्का र सानिया खड्का निर्माताको रुपमा छन् । 

शिवम् अधिकारी र नवल खड्काको पटकथा रहेको फिल्ममा  बन्दे प्रसाद र तारा थापाको सम्पादन, सौरभ लामाको छायांकन, मणी थापा र दीपक शर्माको संगीत, श्री श्रेष्ठको एक्शन र कविराज गहतराजको कोरियोग्राफी छ ।

नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथालाई फिल्मले विषयवस्तुको रुपमा प्रस्तुत गरेको छ । फिल्मले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । 




Previous Post Next Post