रंगेली' को दोस्रो गीत 'दुल्हा दुल्हन' सार्वजनिक


काठमाडौँ । फागुन २५ गतेबाट रिलिज हुने फिल्म रङ्गेली’ को दोस्रो गीत दुल्हा दुल्हन’ सार्वजनिक भएको छ । विवाह गीतको रूपमा तयार पारिएको गीतमा निशान भट्टराईको स्वरसविन एकतारेको शब्द र सुशान्त गौतमको संङ्गीत रहेको  छ ।

 अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहमा भएको सांगीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ । बराल भिडियोमा कमेडी’ शैलीमा प्रस्तुत भएका छन । रङ्गेलीलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन । फिल्ममा दयाहाङ राईअर्पण थापामिरुना मगरप्रवीण खतिवडारमेश बुढाथोकी लगायतको अभिनय छ । 

फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन । युवक कार्की र शिव शङ्कर चौलागाई सहनिर्माता हुन । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन । छायाँकार सुशन प्रजापति रहेका छन ।

 अमेरिकामा रेड कार्पेट प्रिमियर हुने बताइएको फिल्ममा नेपालसँगै अस्ट्रेलियाजापानकोरियाहङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज तयारीमा छ ।


 


Previous Post Next Post